राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको छ। सानोपाइला सहकारीको बचत रकमको अपचलन आरोपमा लामिछानेलाई बयानका लागि पर्सा पुर्याइएको हो। उनलाई कास्कीबाट जहाजमार्फत काठमाडौं र त्यसपछि सिमरासम्म गाडीमा लैजाने प्रक्रिया अपनाइएको थियो।
आइतबार पूर्व डिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई पनि पर्सा पठाइएको थियो। सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूको खिलाफ पुर्जी जारी गरेको हो। सानोपाइला सहकारी संस्थामा एक अर्ब ४५ करोड भन्दा बढी बचत रकम थियो, जसमा गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको छ।
लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनलाई सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया