रवि लामिछानेले अदालतमा भने, “मेरो स्वास्थ्य परीक्षण नगरी राति अपहरण शैलीमा पोखरा लैजानुभयो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
रवि लामिछानेले अदालतमा भने, “मेरो स्वास्थ्य परीक्षण नगरी राति अपहरण शैलीमा पोखरा लैजानुभयो”
AdvertisementAds

पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रातारात अपहरण शैलीमा पोखरा लगिएको बताएका छन्। आइतबार कास्की जिल्ला अदालतमा बयानका क्रममा उनले चितवनबाट पोखरा लगिएको प्रक्रियामा अनियमितता र दुर्व्यवहार भएको दाबी गरे।

लामिछानेका अनुसार चितवनमा बयान सकिएपछि भोलिपल्ट लैजाने भनिएको भए पनि राति नै उठाएर पोखरा लगिएको थियो। चितवनमा स्वास्थ्य परीक्षणसमेत नगरी बयान लिइएको र टाउको दुख्दा औषधि खानु परेको उनले बताए। पोखरामा पनि स्वास्थ्य परीक्षणका क्रममा आफूलाई दीर्घरोगबारे सोधिएको तर प्रेसर चेक नगरेसम्म प्रश्न उठाउनु परेको उनले सुनाए।

उनले आफ्नो वकिल, परिवार र पार्टीका सदस्यलाई कुनै जानकारी नदिइएको र रातारात निर्णय परिवर्तन गर्दै जबरजस्ती पोखरा लगिएको गुनासो गरे। सरकारी दबाबका कारण प्रक्रियामा गम्भीर त्रुटिहरू भएको उनले जिकिर गरे।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफूलाई जबर्जस्ती मुछिएको र “मिडिया ट्रायल” मार्फत आफ्नो चरित्रहत्या गरिएको बताए। सहकारी पीडितको पक्षमा लड्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले न्यायालयले सत्य र न्यायको पक्षमा निर्णय लिने विश्वास व्यक्त गरे।

उनले आफ्नो हिरासतको समय सहकारी पीडितहरूको न्याय दिलाउन खर्चिन चाहेको तर राज्यले षड्यन्त्र र दबाबमार्फत आफूलाई थुनामा राखेको आरोप लगाए। लामिछानेले आफ्नो अन्तिम आश न्यायालय भएको र सम्मानित इजलासबाट सत्यको उजागर हुने अपेक्षा व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स