SHAREHUBSHAREHUB

नेपाल-चीन जोड्‌ने रसुवा नाका आजदेखि आयो सञ्चालनमा

AdvertisementAds
नेपाल-चीन जोड्‌ने रसुवा नाका आजदेखि आयो सञ्चालनमा
AdvertisementAds

नेपाल–चीन जोड्ने रसुवागढी नाकामा अस्थायी पुल (बेलिब्रिज) निर्माण सम्पन्न भएसँगै आजदेखि नाका पुनः सञ्चालनमा आएको छ। गत असारमा चीनतर्फको हिमताल फुट्दा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि सो नाका पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

पुल बगाएपछि सामान बोकेर चीनबाट नेपाल आउँदै गरेका सयौँ नेपाली गाडी छ महिनादेखि उतै रोकिएका थिए। बेलिब्रिज सञ्चालनमा आएपछि ती गाडीहरू आजदेखि नेपाल प्रवेश गर्न थालेका छन्।

२०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका लामो समय बन्द रहँदा रसुवागढी नाका नेपाल–चीन व्यापारका लागि मुख्य मार्गको रूपमा विकसित भएको थियो। व्यापारसँगै पर्यटनका दृष्टिले पनि यो नाका महत्त्वपूर्ण मानिन्छ।

बाढीले मितेरी पुलसँगै भन्सार क्षेत्र र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको थियो, जसका कारण दुई देशबीचको व्यापारिक आवागमन गम्भीर रूपमा प्रभावित भएको थियो। पुल बगेसँगै नेपाल–चीन व्यापार कनेक्टिभिटी नै अवरुद्ध बनेको थियो।

सोही स्थानमा चिनियाँ पक्षको पहलमा बेलिब्रिज निर्माण कार्य थालिएको थियो। निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि मितेरी पुल पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। यसले नेपाल–चीन व्यापार सहजीकरण हुने अपेक्षा गरिएको छ।

AdvertisementAds

छ महिनासम्म नाका बन्द हुँदा चिनियाँ विद्युतीय गाडी, स्याउ तथा लत्ताकपडाजस्ता वस्तुको आयातमा ठूलो समस्या देखिएको थियो। अर्को उत्तरी नाका तातोपानीसमेत बाढी–पहिरोका कारण प्रभावित हुँदा व्यापार थप कठिन बनेको थियो।

वैकल्पिक रूपमा उपल्लो मुस्ताङ नाकाबाट विद्युतीय सवारी आयात गरिँदै आए पनि अब छोटो र सहज स्थलमार्ग रसुवागढीबाटै गाडी तथा अन्य वस्तु आयात गर्न सकिने भएको छ।

बेलिब्रिज सञ्चालनसँगै नेपाल–चीन व्यापार पुनः लयमा फर्किने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स