प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १०० सिट पार गरेको छ।
हालसम्म १७५ निर्वाचन क्षेत्रमध्ये १३२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। तीमध्ये रास्वपाले १०१ क्षेत्रमा विजय हासिल गरेको छ भने उसका उम्मेदवारहरू अझै २४ क्षेत्रमा अग्रता कायम राखिरहेका छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ क्षेत्रमा जित निकालेको छ। कांग्रेसका उम्मेदवारहरू १६ क्षेत्रमा अग्रस्थानमा रहेका छन्।
यसैगरी नेकपा एमालेले ७ क्षेत्रमा विजय हासिल गरेको छ भने नेकपाले ६ क्षेत्रमा जित हात पारेको छ। एमालेका उम्मेदवार ११ क्षेत्रमा अग्रतामा रहेका छन् भने नेकपाका उम्मेदवार ८ क्षेत्रमा अगाडि रहेका छन्।
त्यस्तै राप्रपा, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवारले १–१ सिट जितेका छन्। साथै श्रम संस्कृति पार्टीका उम्मेदवार २ क्षेत्रमा अग्रतामा छन् भने राप्रपाका उम्मेदवार १ क्षेत्रमा अगाडि रहेका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया