राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २२ गते
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको सात वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर रहेको ‘७% आरबीबीएल डिबेञ्चर २०८८’ को बाँडफाँड वैशाख २१ गते सम्पन्न भएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस ऋणपत्र अन्तर्गत बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले कुल २५ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो, जसमा ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित थिए।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार निष्काशन अवधिभर प्राप्त आवेदनहरू प्रशोधन गरी योग्य आवेदकलाई कुल २५ लाख कित्ता ऋणपत्र वितरण गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स