राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको सात वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर रहेको ‘७% आरबीबीएल डिबेञ्चर २०८८’ को बाँडफाँड वैशाख २१ गते सम्पन्न भएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस ऋणपत्र अन्तर्गत बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले कुल २५ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो। तीमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो, जसमा ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित थिए।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार निष्काशन अवधिभर प्राप्त आवेदनहरू प्रशोधन गरी योग्य आवेदकलाई कुल २५ लाख कित्ता ऋणपत्र वितरण गरिएको हो।