भारुको कारोबार गर्ने मनोकामना मनिचेन्जरको लाइसेन्स राष्ट्र बैंकले क्यान्सिल गर्यो

भारुको कारोबार गर्ने मनोकामना मनिचेन्जरको लाइसेन्स राष्ट्र बैंकले क्यान्सिल गर्यो
Advertisement Ads

नेपाल राष्ट्र बैंकले मनोकामना मनिचेन्जर प्रा.लि.को इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। वीरगञ्ज, पर्सामा भारतीय मुद्रा (भारु) को विनिमय कारोबार गर्दै आएको मनिचेन्जरको लाइसेन्स केन्द्रीय बैंकले आइतबार खारेज गरेको सूचना जारी गरेको हो।

राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले जारी गरेको सूचनामा, भारतीय रुपैपियाँ खरिद/विक्रीका लागि इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर प्रा.लि.को लाइसेन्स नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार खारेज गरिएको जानकारी दिइएको छ।

केन्द्रीय बैंकले सर्वसाधारणलाई अब सो मनिचेन्जरसँग कुनै पनि कारोबार नगर्न र नगराउन आग्रह गरेको छ।

nrb iUfC5twHNU https://bajarkochirfar.com/rashtra-bank-has-canceled-the-license-of-manokamana-moneychanger-dealing-in-bharu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स