काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। राजीनामाबारे प्रतिक्रिया दिँदै पाण्डेले भने, “मैले राजीनामा दिइसकेको छु, माघ ४ गतेबाट लागू हुनेछ। माघ ३ गतेसम्म बहाल रहन्छु।”
राजीनामासँगै पाण्डे सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएका छन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका छन्। पाण्डेले काठमाडौँकै कुनै क्षेत्रबाट चुनाव लड्ने बताएका छन्। उनले आफू काठमाडौँ महानगरपालिकाका मेयर जुन राजनीतिक दलमा आबद्ध छन्, त्यही दलबाट चुनाव लड्ने समेत स्पष्ट पारेका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया