राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोधसभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणको छानबिन अनिवार्य हुने बताएका छन्।
उनले भने, “रास्वपा सभापति रवि लामिछानेमाथि यो हतियार चलेको छ। अब यो दाप बाहिर आइसकेको छ, रोकिनेछैन र रोकिन पनि हुँदैन।”
लिङ्देनले सम्पत्ति छानबिनको प्रक्रिया सुरु आफ्नै पार्टीका नेताहरूबाट गर्न तयार रहेको जनाउँदै देशका सबै नेताहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरे।
साथै, उनले वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण दिएको र देशको लागि राजासहितको प्रजातन्त्र तथा हिन्दू राष्ट्र अपरिहार्य रहेको धारणा राखे।




















प्रतिकृया