प्रधानमन्त्री बन्ने अवसर आए पनि पाँच वर्षसम्म सरकारमा नजाने राजेन्द्र लिङ्देनको दाबी



Advertisement
Ads

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको कार्यकालमा कुनै पनि शर्तमा सरकारमा नजाने अडान दोहोर्याएका छन्। उनले पाँच वर्षको अवधिमा प्रधानमन्त्री बन्ने अवसर आए पनि आफू सरकारमा सामेल नहुने स्पष्ट पारेका छन्।


Advertisement

पार्टीको केन्द्रीय कार्यसमिति बैठक समापनपछि बोल्दै लिङ्देनले भने, “मैले पहिल्यै घोषणा गरिसकेको छु कि यो पाँच वर्ष म सरकारमा जान्न। साथीहरू जान सक्छन्, तर म जान्न। पार्टीले निर्णय गर्‍यो भने पनि म कुनै हालतमा मन्त्री बन्दिनँ। प्रधानमन्त्री पाए पनि खान्न। हुन त १४ सिट भएको दललाई प्रधानमन्त्रीको अवसर नआउला, तर आए पनि म त्यो जिम्मेवारी स्वीकार्दिनँ।”


Advertisement

लिङ्देनले आगामी चुनाव गठबन्धनबिना लडेर जित्ने दाबी गर्दै झापा जिल्लाको आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि पार्टीसँग मिलेर चुनाव नलड्ने घोषणा गरे। उनले भने, “म होस् वा अर्को उम्मेदवार, हामी गठबन्धनबिना चुनाव जितेर देखाउँछौं। यो कुरा रेकर्डमा रहोस्।”

राप्रपाभित्र कुनै पक्ष नभएको बताउँदै लिङ्देनले आफ्नो अध्यक्षतामा कुनै गुट वा पक्षपात नगर्ने दाबी गरे। उनले भने, “अध्यक्षको कुनै पक्ष हुँदैन।”

उनले आफ्नो मनोनयनप्रति असन्तुष्टि आएको विषयमा पूर्वअध्यक्षहरू र पदाधिकारीहरूसँग छलफल गरेर सुधार गर्न सकिने बताए। “आवश्यक परेमा मैले गरेका मनोनयनहरू फिर्ता लिएर पनि देखाउँछु,” लिङ्देनले थपे।

चुनावको समयमा काठमाडौंमा बसेर पार्टी समाप्त हुने चिन्ता गर्नेहरूलाई उनले आलोचना गरे। “उपरखुट्टी लगाएर चिन्ता गर्नेहरूलाई यो सोच्नु सुहाउँदैन। हामी पार्टीलाई अझ बलियो बनाएर अघि बढाउनेछौं,” लिङ्देनले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर