नेपाल राष्ट्र बैंकमा राजेन्द्र भट्टराईलाई कार्यकारी निर्देशक (ईडी) मा बढुवा गरिएको छ। यसअघि उनी राष्ट्र बैंकको निर्देशक थिए र वरिष्ठता अनुसार स्वतः कार्यकारी निर्देशक पदमा बढुवा भएका हुन्।
विमलराज खनाल प्रशासन सेवातर्फ अनिवार्य अवकाशमा गएपछि उक्त विभागको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त भएको थियो। मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलका अनुसार, राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ अनुसार सम्भाव्य निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट भट्टराईलाई ईडीमा बढुवा गर्ने निर्णय विनियम ६५ को उपविनियम (२) अनुसार गरिएको हो।
भट्टराईलाई वित्तीय संस्था व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। अर्घाखाँचीका राजेन्द्र भट्टराईले वि.सं. २०५३ चैत २७ गते सहायक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए। कार्यकारी निर्देशकमा बढुवा भएपछि उनी राष्ट्र बैंकको डेपुटी गभर्नरको लागि दाबेदार समेत बनेका छन्।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया