पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्याइएको छ।
शुक्रबार राति काठमाडौं स्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।
प्रहरीका अनुसार, लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिइएको र त्यसपछि उनी जिल्ला कारागार भैरहवा पुर्याइएको हो। अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारी रकम ठगेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश गरेका हुन्।
यसअघि, जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, जुन उच्च अदालतले बदर गरिदिएको हो। उच्च अदालतले उनलाई थुनामा राख्नका लागि दिएको आदेशमा, जिल्ला अदालतले धरौटीमा छोड्ने आदेशलाई खण्डन गर्दै नयाँ व्याख्या प्रस्तुत गरेको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया