भारतको पंजाब नेशनल बैंकले आर्थिक वर्ष २०२४-२५ मा १ खर्ब ७० अर्ब भारु बराबरको खराब ऋण असुली गर्ने योजना बनाएको टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक चन्द्रका अनुसार यो रकमको एक तिहाइ जनवरीदेखि मार्च महिनामा असुल गरिने अपेक्षा गरिएको छ।
बैंकले ठूलो कर्पोरेट ऋण खाताहरूबाट यो रकम फिर्ता ल्याउने योजना बनाएको छ। यी खाताहरूलाई पहिले ‘राइट अफ’ गरिए पनि अहिले बैंकले फेरि असुल गर्ने प्रयास गरिरहेको छ।
पछिल्ला दुई वर्षमा बैंकले आफ्नो वित्तीय स्थिति सुधार गर्दै २०२३-२४ मा मात्रै २ खर्ब भारु बराबरको खराब ऋण असुल गरेको थियो।
यस आर्थिक वर्षका लागि बैंकले कर्जा प्रवाहको लक्ष्य १३% देखि १४% र निक्षेप वृद्धिको लक्ष्य १२% देखि १३% राखेको छ। पंजाब नेशनल बैंकका भारतभरि १०,००० भन्दा बढी शाखाहरू छन्।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया