सेयर बजार भोलि बिहीबार (मंसिर १८) देखि लगातार तीन दिनका लागि बन्द हुने भएको छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा मनाइने योमह्री पुन्हिः (योमह्री पूर्णिमा) तथा उधौली पर्व भोलि देशभर मनाइँदै छन्। सोहि कारण सरकारले सार्वजनिक बिदा दिएकोले बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहनेछ।
त्यसपछि शुक्रबार र शनिबार साप्ताहिक बिदा परेकाले सेयर कारोबार तीन दिनसम्म बन्द रहनेछ। अब सेयर बजार आइतबार, मंसिर २१ गतेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया