आज आइतबार, जेठ १८ गते भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने नेप्सेले जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा परेको हुँदा आज सेयर कारोबार नहुने भएको हो।
अब सेयर बजार सोमबार, जेठ १९ गते बिहान ११ बजेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।