प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने आठ दिनको गाईजात्रा पर्व आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा, गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा छ। यो पर्वले मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै जीवन–मृत्युको चक्रबारे चेतना फैलाउने काम गर्छ।
गाईजात्राको अवसरमा हास्यव्यंग प्रस्तुति, सांगीतिक झाँकी, नृत्य लगायतका विविध कार्यक्रमहरू प्रदर्शन गरिन्छ।
यसै अवसरमा, बाग्मती प्रदेश सरकारले आज बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। त्यसअनुसार, प्रदेश सरकार मातहतका सार्वजनिक कार्यालय, संघ–संस्था र शैक्षिक संस्था, सेयरबजार ‘नेप्से’ आज बन्द रहनेछन्।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया