SHAREHUBSHAREHUB

२० मेगावाटसम्मका जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
AdvertisementAds
२० मेगावाटसम्मका जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्ने
AdvertisementAds

काँक्रेविहार (सुर्खेत) सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैंले निर्माण गर्ने भएको छ ।

‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए ।

डोल्पामा निर्माणाधीन जगदुल्ला (ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स