खोटाङ जिल्लामा सञ्चालित ‘ख’ वर्गको विकास बैंक सालपा विकास बैंक लिमिटेडले बाक्सिला शाखा कार्यालयका लागि स्थायी आधारमा माइक्रो-फाइनान्स फिल्ड असिस्टेन्ट (जुनियर असिस्टेन्ट) पदमा कर्मचारीको माग गरेको छ। यस पदका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा एसईई उत्तीर्ण हुनुपर्नेछ र उमेरको कुनै हद तोकिएको छैन।
सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने भए तापनि नयाँ (फ्रेशर्स) उम्मेदवारहरूले पनि आवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया अन्तर्वार्तामार्फत गरिनेछ। इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो बायोडाटा सहित १५ वैशाख २०८३ सम्ममा बैंकको इमेल [email protected] मा आवेदन दिनुपर्नेछ।
थप सूचनामा:

