श्री सैनिक कल्याणकारी निर्देशनालय, जङ्गी अड्डाले सैनिक कल्याणकारी कोषको व्ययभारमा सञ्चालित विभिन्न निकायहरूका लागि रिक्त रहेका पदहरूमा करार सेवा (पूर्णकालीन र पिरियड बेसिस) मा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। यस अन्तर्गत श्री वीरेन्द्र अस्पतालमा प्राध्यापक, विशेषज्ञ डाक्टरहरु; श्री सैनिक अस्पताल इटहरीमा स्टाफ नर्स; स्वास्थ्य सेवा महाशाखामा MDGP, फर्मासिस्ट र कम्प्युटर अपरेटर लगायतका पदहरु रहेका छन्। त्यस्तै, कृषि विज्ञान संस्थान लमजुङ, स्वास्थ्य विज्ञान महाविद्यालय र ई.एम.ई. पोलिटेक्निक महाविद्यालयमा पनि विभिन्न प्राध्यापक तथा सहायक पदहरुमा आवेदन माग गरिएको छ। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। योग्यता तथा अन्य विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np मा हेर्न सकिनेछ।
थप सुचनामा:

