नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

feature 1790143942541 https://bajarkochirfar.com/private-job/nadep-laghubitta-bittiya-sanstha-limited-announces-vacancy-for-chief-executive-officer-ceo-2/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):NADEP Laghubitta Bittiya Sanstha Ltd.
◆ पद (Position / Title):Chief Executive Officer (CEO)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):2083/06/07
◆ आवेदन दिने अन्तिम मिति (Close Date):2083/06/13

◆ संक्षिप्त जानकारी (Summary):

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। दोस्रो पटक मिति २०८३/०६/०७ मा प्रकाशित सूचना अनुसार इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्।

उक्त पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै बैंकिङ, वित्तीय वा विकास क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको, जसमध्ये कम्तीमा ५ वर्ष व्यवस्थापकीय भूमिकामा काम गरेको अनुभव हुनुपर्ने र उमेर ३५ देखि ६० वर्ष बीचको हुनुपर्ने तोकिएको छ।

कार्यस्थल संस्थाको केन्द्रीय कार्यालय धुनिबेसी-६, धादिङ रहनेछ। छनोट प्रक्रियामा व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश हुनेछ। तलब तथा अन्य सुविधाहरू संस्थाको नियमानुसार आपसी छलफलबाट तय गरिनेछ।

इच्छुक उम्मेदवारहरूले निवेदन, बायोडाटा, ४ वर्षे व्यावसायिक योजना, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू, अनुभवका प्रमाणपत्रहरू र एक प्रति पासपोर्ट साइजको फोटोसहित [email protected] मार्फत इमेल गरी वा केन्द्रीय कार्यालय धुनिबेसी-६, धार्के, धादिङमा खामबन्दी गरी बुझाउन सक्नेछन्। वित्तीय विवरणको जानकारीका लागि संस्थाको वेबसाइटमा हेर्न सकिनेछ।

थप सुचनामा:

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

सी.एम.सी.-नेपालद्वारा सामुदायिक मनोसामाजिक कार्यकर्ता पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा प्रमुख कार्यकारी अधिकृत सहित विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

थारु महिला उत्थान केन्द्रद्वारा विभिन्न पदका लागि कर्मचारी आवश्यकता

Deadline : Refer to Notice
View Details →

Organization

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा अधिकृत तथा सहायक श्रेणीका विभिन्न पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

शर्मा एण्ड कम्पनी प्रा. लि. द्वारा हाइड्रोपावर परियोजनाका लागि विभिन्न पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स