मुक्तिनाथ विकास बैंक लिमिटेडले चार्टर्ड एकाउन्टेन्ट (अधिकृत स्तर) पदका लागि दरखास्त आह्वान गरेको छ। यस पदका लागि इच्छुक उम्मेदवारले ICAN वा सो सरहको मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट कोर्ष पूरा गरेको हुनुपर्नेछ। साथै, कम्तीमा २ वर्षको कार्य अनुभव भएको, वित्तीय प्रतिवेदन मापदण्ड, कर र नियामक पालनाको ज्ञान भएको हुनुपर्नेछ। बैंकले बैंकिङ, वित्तीय संस्था वा लेखापरीक्षण फर्ममा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिनेछ। आवेदन दिन चाहने योग्य नेपाली नागरिकले बैंकको वेबसाइटमा रहेको करियर लिंक मार्फत २०८३ जेठ ८ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन्।


