■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Dhaulagiri Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Deputy Chief Executive Officer |
| ◆ रिक्त संख्या (Vacancies): | १ (एक) |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/०५ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०४/१९ |
◆ संक्षिप्त जानकारी (Summary):
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय, बागलुङ वा इमेल [email protected] मार्फत आवेदन पेश गर्न सक्नेछन्।
न्यूनतम शैक्षिक योग्यताको हकमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको सहायक प्रबन्धक, प्रबन्धक वा सो भन्दा माथिको पदमा रही विभागीय प्रमुखको जिम्मेवारी वहन गरेको, नीति नियम र कार्यविधि निर्माणमा ज्ञान हासिल गरी कम्तीमा ६ वर्षको अनुभव भएको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्स वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र जस्ता विषयमा स्नातकोत्तर गरेको वा कानुनमा स्नातक गरी १० वर्षको कार्य अनुभव भएकालाई पनि योग्य मानिनेछ।
आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका साथमा व्यक्तिगत विवरण (Bio-Data), पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता, कार्य अनुभवका प्रमाणपत्र र १५०० शब्दमा नबढ्ने गरी तयार पारिएको व्यवसायिक कार्ययोजना (Business Plan) पेश गर्नुपर्नेछ।
आवेदन दस्तुर बापत फिर्ता नहुने गरी ८०० रुपैयाँ एन आई सी एशिया बैंकमा रहेको संस्थाको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ। छनौट प्रक्रियामा सर्ट लिस्टिङ, प्रस्तुतिकरण र अन्तर्वार्ता समावेश गरिएको छ।
थप सुचनामा:



