एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानका लागि इनचार्ज/मार्केटिङ पदमा कर्मचारी आह्वान गरेको छ। इच्छुक उम्मेदवारको योग्यता कम्तीमा प्लस टु (१०+२) उत्तीर्ण हुनुपर्ने, ३० वर्ष ननाघेको, सवारी चालक अनुमति पत्र भएको र बीमा क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ। साथै, कम्प्युटर अफिस प्याकेजको ज्ञान र अंग्रेजी तथा नेपाली टाइपिङमा दखल हुनुपर्नेछ। स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ। योग्य उम्मेदवारले आफ्नो बायोडाटा (CV), नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र हस्तलिखित आवेदन सहित आगामी १४ अप्रिल २०२६ भित्र [email protected] मा ईमेल गर्न सक्नुहुनेछ।
थप सुचनामा:

