यस कम्पनीको खाँदवारी, धनकुटा, उर्लाबारी, लहान, मिर्चैया, उदयपुर, जनकपुर, पनौती, गोरखा लगायतका विभिन्न शाखा र एक्स्टेन्सन काउन्टरहरूका लागि बजार व्यवस्थापक (Marketing Incharge) आवश्यक भएको छ। इच्छुक उम्मेदवारले न्यूनतम +२ उत्तीर्ण (स्नातकलाई प्राथमिकता) गरी जीवन बीमा सम्बन्धि कार्य अनुभव र कम्प्युटर ज्ञान हुनुपर्नेछ। १८ देखि ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) उमेर समूहका व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (Biodata) र आवेदन सूचना प्रकाशित भएको १५ दिन भित्र [email protected] मा पठाउनु पर्नेछ।

