सरकार ढल्ने चर्चाका बीच २५ गते भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली 

सरकार ढल्ने चर्चाका बीच २५ गते भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली 

प्रधानमन्त्री  केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ। ओली पुष २५ गते ४ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। एमाले नेता महेश बस्नेतले फेसबुकमा स्टाटस लेख्दै ओलीको भ्रमण तय भएको जानकारी दिएका हुन्। बस्नेतले लेखेका छन् : आगामी पौष २५ गतेदेखि ४ दिने भारत भ्रमणमा प्रधानमन्त्री के पी शर्मा ओली ज्यु जाने तय भएको छ।

दुई ठुला दल कांग्रेस एमाले सम्मिलित सरकार बनेको केहि समय पछि नै सरकार ढल्ने कुराको चर्चा हुन थालेको थियो। परराष्ट्र मन्त्री आरजु राणा जाँदा भारतले उच्च महत्व दिएको तर प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा समेत नदिएको प्रसङ्गले ओलीप्रति भारत सकारात्मक छैन भन्ने संदेश प्रवाह भयो। अथक प्रयास पश्चात संयुक्त राष्ट्र संघको  महासभामा गएका बखत भारतीय प्रधानमन्त्री मोदी र ओलीबीच करिब आधा घण्टा वार्ता त भयो तर सो कुराकानीका क्रममा पनि मोदीले ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएनन्। नेपालमा नयाँ प्रधानमन्त्री आउने बित्तिकै भ्रमणको निम्तो दिने गरेको भारतले करिब दुई तिहाईका शक्तिशाली प्रधानमन्त्री ओलीलाई निम्तो दिएन। भारतले महत्व नदिएपछि ओली चीनतिर लागे।

ओलीले चीन गएर बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारत ओलीप्रति झनै चिढिएको विश्लेषण राजनीतिक र कुटनीतिक वृत्तमा भईरहेको छ।

वर्तमान सत्ता समीकरण ढाल्ने प्रयासमा भारत छ भन्ने चर्चा हुँदै गर्दा तय भएको ओलीको भ्रमणले ओली र भारतबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ जसले वर्तमान सत्ता समीकरणको आयु बढाउनेछ।

viber image 2024 12 17 13 21 52 546 https://bajarkochirfar.com/prime-minister-oli-is-going-on-a-visit-to-india-on-the-25th-amid-talk-of-the-collapse-of-the-government | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स