प्रधानमन्त्री कार्कीले भनिन्: ६ महिनाभन्दा बढी बस्दिनँ, यो संकटबाट पार पाउन मलाई साथ दिनुहोस्

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
प्रधानमन्त्री कार्कीले भनिन्: ६ महिनाभन्दा बढी बस्दिनँ, यो संकटबाट पार पाउन मलाई साथ दिनुहोस्
AdvertisementAds

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू ६ महिनाभन्दा बढी प्रधानमन्त्री पदमा नबस्ने स्पष्ट गरेकी छन्। आज पदभार ग्रहणपछि सम्बोधन गर्दै उनले भनिन्, “जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइन। सडकबाट, जताततैबाट मलाई जिम्मा दिन आवाज उठ्यो मैले पनि विवश हुनुपर्‍यो। मेरो जुन टिम छ र म सत्ताको, पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। मलाई खोजि गरियो, किन सेवा नगर्ने भनेर आएको हो।”

उनले थपिन्, “६ महिनाभन्दा नबस्ने। कुनै पनि हालतमा ६ महिनाभित्र काम सम्पन्न गर्ने। नयाँ आउने संसद् र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने हामीले अठोट गरेका छौं। मलाई साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भव छैन। सुरक्षा निकायले पनि साथ दिनुपर्छ। मलाई साथ दिनुहोस्।” कार्कीले आफू परिस्थितिले प्रधानमन्त्री बन्नुपरेको बताउँदै संकट पार गर्न सबैको सहकार्य अपरिहार्य रहेको धारणा राखिन्। उनले एकताको भावना राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स