किर्तिपुर क्रिकेट मैदानको काम चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण तोकिएको समयमै सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका विषयमा ब्रिफिङ लिँदै ओलीले रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन काम छिटो अघि बढाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले पदबहालीका क्रममा ३०० दिनभित्र रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए। हाल प्यारापिट र फ्लडलाइट निर्माणका लागि मूल्याङ्कन चरण अन्तिम चरणमा पुगेको र चाँडै ठेक्का सम्झौता हुने जानकारी गराइएको छ। ओलीले यस चरणको काम जारी रहँदा अर्को चरणको निर्माण कार्य अघि बढाउनसमेत निर्देशन दिएका छन्।


Advertisement

बैठकमा उनले प्रत्येक जेठ १५ मा बजेट संसद्मा प्रस्तुत हुने भएकाले नयाँ आर्थिक वर्षको सुरुदेखि नै कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै ढिलाइप्रति चिन्ता व्यक्त गरे। चालु आर्थिक वर्षमा मन्त्रालयको चालु खर्च प्रगति १९.३५% र पुँजीगत खर्च प्रगति १२.०४% मात्र भए पनि समग्र कार्य प्रगति सन्तोषजनक रहेको बताइएको छ।

पूर्वाधार निर्माणमा ढिलाइ भएमा देशको उत्पादन र उत्पादकत्वमा असर पर्ने भन्दै प्रधानमन्त्रीले समयमै काम सम्पन्न गर्न निर्देशन दिए। छलफलमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र अन्य उच्च अधिकारीको उपस्थिति रहेको थियो। बैठकमा सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्प्लेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैंक भवनलगायतका परियोजनाहरूको प्रगति र योजनाबारे जानकारी गराइयो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर