पहिला हजारको रिचार्जले २ वर्ष चलाउनु पुग्थ्यो, अहिले ३ महिनामै हजार सक्नुपर्ने ( पुरानो र नयाँ बीच तुलना )

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २५ गते
पहिला हजारको रिचार्जले २ वर्ष चलाउनु पुग्थ्यो, अहिले ३ महिनामै हजार सक्नुपर्ने ( पुरानो र नयाँ बीच तुलना )
AdvertisementAds

एनसेलले आफ्नो रिचार्ज भ्यालिडिटी नीति परिवर्तन गर्दै नयाँ नियम लागू गरेको छ, जसलाई सामाजिक सञ्जालमा चौतर्फी बिरोध गरिएको छ। कम्पनीले यस अघि एकपटकको रिचार्ज प्रयोग गर्न दिँदै आएको अवधि र अहिले अद्यावधिक गरेको नयाँ अवधिमा ठूलो अन्तर देखिन्छ। 

पहिले, एनसेलले ग्राहकलाई रिचार्ज गरिसकेपछि उक्त पैसा खर्च गर्न लामो समयको भ्यालिडिटी (अवधि) प्रदान गर्दै आएको थियो। यसअघि एनसेलले ५० रुपैयाँको रिचार्जमा ३० दिन, १०० रुपैयाँको रिचार्जमा ६० दिनको भ्यालिडिटी दिने गरेको भेटिन्छ। यस्तै प्रयोगकर्तालाई कम्पनीले एक हजार रुपैयाँको रिचार्जमा २ वर्षसम्मको भ्यालिडिटी दिएको थियो। 

तर, अहिले एनसेलले परिवर्तन गरेको नयाँ नीतिमा ५० देखि ९९.९९ रुपैयाँको रिचार्जले मात्र ७ दिनको भ्यालिडिटी दिनेछ। १०० देखि १९९.९९ रुपैयाँको रिचार्जको भ्यालिडिटी १४ दिन, २०० देखि २९९.९९ रुपैयाँको रिचार्जले २८ दिन र एक हजार वा सो भन्दा बढीको रिचार्जको भ्यालिडिटी ९० दिन मात्र हुनेछ। यसरी एनसेलले ग्राहकलाई सिम चलाउन बारम्बार रिचार्ज र खर्च गरिरहनु पर्ने बाध्यता थप गरेको छ। 

पुरानो रिचार्जमा दिने गरेको भ्यालिडिटी अवधि:

रिचार्ज मूल्य (रु.)भ्यालिडिटी (दिन)
१०५
२०१०
३०१५
४०२०
५०३०
१००६०
१५०९०
२००१४०
३००२००
५००३६०
१०००७३०

नयाँ रिचार्ज मा अद्यावधिक गरिएको भ्यालिडिटी अवधि:

AdvertisementAds

रिचार्ज मूल्य (रु.)भ्यालिडिटी (दिन)
५० देखि ९९.९९७
१०० देखि १९९.९९१४
२०० देखि २९९.९९२८
३०० देखि ४९९.९९३५
५०० देखि ९९९.९९५०
१००० र सोभन्दा माथि९०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स