कांग्रेस, एमाले, माओवादी लगायतका दल सम्बद्ध वकिलहरुले जेन जी आन्दोलनका बलमा बनेको अन्तरिम सरकार विरुद्ध मुद्धा हाल्ने तयारी गरेको बुझिएको छ। सुशीला कार्की नेतृत्वको सरकार गैर संबैधानिक भएको भन्दै मुद्धा हाल्ने तयारी गरिएको हो। संसद विघटन समेत गैर संबैधानिक भएको ठहर दल सम्बद्ध कानून व्यवसायीहरुले गरेका छन्।
यसअघि, भदौ २७ गते नेपाल बार एशोसिएशनले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार गठन गर्ने राष्ट्रपतिको कदमलाई ‘स्वेच्छाचारी र असंवैधानिक’ भनेको थियो। कांग्रेस, एमाले र माओवादीले पनि संसद विघटनको कडा शब्दमा विरोध जनाइसकेका छन्।
सर्वोच्च अदालतमा भएको आगजनी, तोडफोड एवं लुटपाटका कारण सेवा प्रवाहका पूर्वाधार तथा सूचना प्रविधि प्रणालीमा भएको गम्भीर क्षतिका कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका सेवा प्रवाह गर्न नसकिने सूचना अदालतबाट जारी भएको छ। अब अदालतको नियमित काम कारबाही दशैं अघि खुल्ने सम्भावना निकै कम रहेको बुझिएको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया