असार १ गतेदेखि ग्वार्को फ्लाईओभर सञ्चालनमा ल्याइने तयारी 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ११ गते
असार १ गतेदेखि ग्वार्को फ्लाईओभर सञ्चालनमा ल्याइने तयारी 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार काठमाडौँ ग्वार्को फ्लाईओभरको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि उनले निर्माण कार्य जेठको अन्तिमसम्म सम्पन्न गरी असार १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। सुरुमा समस्या नदेखिए पनि पछि संरचनात्मक समस्या देखिएकाले पुनः तलदेखि निर्माण गर्नुपरेको र त्यसैले ढिलो भएको मन्त्री दाहालको भनाइ छ। यद्यपि उनले ढिलाइ भए पनि परिणाम सन्तोषजनक रहेको बताए।

निर्माण कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाईओभरको कोटेश्वरतर्फको र्‍याम्पमा प्राइम कोट बिछ्याउने कार्य सुरु गरिसकेको छ भने सातदोबाटोको र्‍याम्पमा ग्राभेलसहित बेस कोर्स तयार पारिँदैछ। १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको यो परियोजनाको प्रारम्भिक म्याद २०८० फागुन १२ मा सकिएको थियो, जसलाई थपेर २०८१ पुस ८ सम्म कायम गरिएको हो।

मन्त्री दाहालले अनुगमनका क्रममा प्राकृतिक विपद्‌का लागि मन्त्रालय पूर्ण रूपमा तयारी अवस्थामा रहेको पनि बताए। उनले बाढी वा पहिरोको अवस्था आएमा सडक खुला राख्न आवश्यक सबै तयारी भएको र वीपि राजमार्ग पनि तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स