नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न आवश्यक रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले तयारी सुरु गरेको छ। यसैक्रममा, हिजो चैत्र ६ गते अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई स्तरोन्नति गर्नुपर्ने कार्यहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन निर्देशन दिएका छन्।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिहरूलाई समयअनुसार परिमार्जन गर्दै सम्बन्धित सबै निकायसँग समन्वय आवश्यक रहेको बताए। साथै, आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा नीति, योजना, र कार्यक्रमहरूसँग सम्बन्धित पहल सहज र दिगो बनाउनुपर्नेमा जोड दिइएको छ।
नेपालको स्तरोन्नति प्रक्रिया सफल बनाउन अर्थ मन्त्रालयले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, स्थिर मौद्रिक नीति, वित्तीय स्रोतको परिचालन, र व्यापारिक रणनीतिमा सुधार ल्याउने कार्यलाई प्राथमिकता दिने जनाएको छ।नेपालको स्तरोन्नति मापदण्डमा प्रति व्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक, तथा आर्थिक तथा वातावरणीय जोखिम सूचक समावेश छन्। स्तरोन्नतिपछि नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार साझेदारी, दिगो विकास, र विश्वसनीयता वृद्धि जस्ता फाइदा पुग्ने अपेक्षा गरिएको छ। साथै, वस्तु निर्यात, रोजगारी, र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया