कक्षा १२ को परीक्षाफल आज सोमबार साँझ सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ ५ बजे नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्ने भएको छ ।
साउन १५ भित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका भए पनि गत चैत २० देखि सुरु भएको शिक्षक आन्दोलनका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो ।
प्रारम्भमा वैशाख ११ मा परीक्षा हुने तालिका तय भए पनि आन्दोलनकै कारणसरेको थियो । परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।




















प्रतिकृया