प्रचण्ड भन्छन्, “नेपाललाई युक्रेन बनाउने मिसन थियो, म र माधवजीले जोगायौँ”

प्रचण्ड भन्छन्, “नेपाललाई युक्रेन बनाउने मिसन थियो, म र माधवजीले जोगायौँ”

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको बताएका छन्। बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको जनसंवादमा प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र निर्वाचन नै समाधानको विकल्प देखिएको बताए।

उनका अनुसार, सतही रूपमा जेन-जी आन्दोलन जलाउने र लुट्ने आन्दोलन जस्तो देखिएको भए पनि भित्री रूपमा संविधान खारेज गराई कठपुतली सरकार बनाउने योजना चलिरहेको थियो, जसले नेपाललाई युक्रेनजस्तो संकटमा पुर्याउने उद्देश्य राखेको थियो। प्रचण्डले भने, “त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै देखियो। म र माधव नेपालले सहजीकरण गर्‍यौँ। यदि विवेक नपुर्‍याउने हो त जलाउने, लुट्ने, संविधान र राष्ट्रपति संस्थालाई खारेज गरेर कठपुतली सरकार बनाउने योजना सफल भइहाल्थ्यो। त्यसबाट जोगाउन हामीले सहजीकरण गर्‍यौँ।”

उनले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन सफल भए पनि केही पक्ष घाइते भएको उल्लेख गर्दै, सुरुमा चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भए पनि अहिले पूरा मुलुक र जनता चुनावतर्फ लागिसकेको बताए। प्रचण्डले भने, “कतिपयले सर्वपक्षीय सरकार वा संसद पुनःस्थापनाको कुरा गरिरहेका थिए। हामी मात्र हौँ, जनतामा जाने विकल्प हो। आज हामी खुशी छौं कि सबै राजनीतिक दल र आम जनता चुनावका लागि तयार भएको अवस्था बनेको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स