प्रभु इन्स्योरेन्सले आफ्नो ३०औँ वार्षिक साधारणसभा आज वैशाख ९ गते काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित कुल ९.१५७९ प्रतिशत लाभांश पारित गरेको छ, जसअनुसार हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँमा आधारित ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
लाभांश वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च पारित गर्नुका साथै नियामक निकायबाट प्राप्त राय–सुझाव समेट्दै प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत स्वीकृत गरिएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।



















प्रतिकृया