प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार बसेको बैंक सञ्चालक समिति बैठकमा राजीनामा बुझाएका हुन्। बैंकका अनुसार पूर्वअध्यक्ष देवीप्रसाद भट्टचन र उनका साझेदार कुसुम लामासँग सम्बन्धित लेनदेन विषयमा प्रहरीले अनुसन्धान थालेपछि उक्त अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले शेरचनले पद त्यागेका हुन्।
राजीनामापछि शेरचनले बैंकको बोर्ड र व्यवस्थापनलाई सम्बोधन गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। उनले सम्पूर्ण कर्मचारीलाई एकता, धैर्य र आत्मबलका साथ जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन्। बैंकबाट बाहिर रहे पनि संस्थाप्रति आफ्नो सहयोग निरन्तर रहने उनले बताएका छन्।
शेरचनकै नेतृत्वमा २०७९ माघमा सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा मर्ज भएको थियो। उनी सीईओ बनेका बेला समस्याग्रस्त किष्ट बैंक र ग्रान्ड बैंक गाभिएका थिए। उनको कार्यकालमा खराब कर्जा असुलीमा उल्लेखनीय सुधार आएको बैंकको भनाइ छ।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया