त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले सामूहिक रूपमा पदबाट राजीनामा दिने निर्णय गरेका छन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिने भएका हुन्।
सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्ने उद्देश्यसहित अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेपछि त्रिविका शीर्ष पदाधिकारीले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन्।
पदाधिकारीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्। उनीहरूले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिनेछन्।
उपकुलपति अर्याल २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त भएका थिए। त्यसैगरी शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैतमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नियुक्त भएका थिए।




















प्रतिकृया