पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

पेट्रोल र डिजेलको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको आज बसेको सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउने निर्णय गरेको हो।

निगमका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ। पोखरा र भैरहवाका लागि भने हवाई इन्धन ब्रेक इभन पोइन्टमै बिक्री मूल्य कायम गरिएको छ। एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ। डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३६ रुपैयाँ र तेस्रो वर्गमा १३७ रुपैयाँ तोकिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।

607817813 1964294347835286 6633173634530271861 n https://bajarkochirfar.com/petrol-and-diesel-prices-have-dropped-how-much-has-it-reached-per-liter-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स