नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ । घटाइएको नयाँ मूल्य बिहिबारदेखि लागू भएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३५ रुपैयाँ निर्धारण गरिएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलगायत स्थानमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले उक्त मूल्यसूची निर्धारण गरेको हो ।



















प्रतिकृया