व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड, लघुवित्त धितो कर्जा १५ लाखसम्म

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड, लघुवित्त धितो कर्जा १५ लाखसम्म
Advertisement Ads

नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएको छ। सोमबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँबाट बढेर १ करोड रुपैयाँ बनाइएको छ। आकस्मिक आवश्यकता वा अस्थायी नगद व्यवस्थापनका लागि लिइने ओभरड्राफ्ट कर्जामा लिन सकिने रकम यससँगै दोब्बर भएको छ।

यससँगै, लघुवित्त वित्तीय संस्थाले धितो राखेर दिने कर्जाको सीमा पनि परिवर्तन भएको छ। पहिले ७ लाख रुपैयाँसम्म मात्र रहेको यस्तो कर्जा अब १५ लाख रुपैयाँसम्म पुग्नेछ।

लघुवित्तका ऋणीहरूले कर्जा भुक्तानीमा भोगिरहेको चुनौतीलाई ध्यानमा राख्दै, भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि यस समीक्षामा समावेश गरिएको छ।

588403240 1847659509180041 6878006703298512117 n https://bajarkochirfar.com/personal-overdraft-loan-limit-is-10-million-microfinance-collateral-loan-is-up-to-1-5-million | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स