पिपुल्स इनर्जी लिमिटेडले असार २४ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल बैंक्वेटमा बिहान १० बजे हुने छ। कम्पनीले आईपीओ निष्काशनका लागि २०८१ साउन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ र १०० रुपैयाँ अंकित मूल्यमा ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य ६ करोड ६० लाख रुपैयाँ हुनेछ।
सभामा गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गरिनेछ। त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, नयाँ सञ्चालक समिति चयन, आयोजनाका लागि थप कर्जा लिने विषयमा निर्णय हुनेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।



















प्रतिकृया