पर्सा प्रहरीले रवि लामिछानेसहित ४१ जनाविरुद्ध मुद्दा चलाउन प्रतिवेदन बुझायो
जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनाविरुद्ध ठगी र संगठित अपराध अन्तर्गत मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।
पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन शुक्रबार प्रतिवेदन बुझाइएको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
हाल रवि लामिछाने रुपन्देही कारागारमा छन्। सानोपाइला प्रकरण बाहेक उनले पोखराको सूर्यदर्शन, चितवनको सहारा लगायत पाँच वटा सहकारी ठगीसम्बन्धी मुद्दामा पनि अदालतमा सामना गरिरहनु परेको छ।