SHAREHUBSHAREHUB

इजरायलसँगको श्रम सम्झौता स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णयहरु

AdvertisementAds
इजरायलसँगको श्रम सम्झौता स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्‍का अन्य निर्णयहरु
AdvertisementAds

सरकारले इजरायल सरकारसँगको श्रम सम्झौता स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस निर्णयको अनुमोदन गरेको हो। त्यस्तै, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

अन्य निर्णयहरूमा समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेको मनोनयन, जेनजी सहिद परिवारको कल्याणका लागि जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान प्रदान, पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश २०८२ स्वीकृति, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृति, र नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स