विपक्षी दलहरूले सरकारको अध्यादेश ल्याउने निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै सामूहिक रूपमा चार निर्णय गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको बैठक नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा नेकपा (एमाले)का नेता रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सरस्वती लामा सहभागी थिए।
बैठकले संसद स्थगित गरिएको अवस्थामै अध्यादेश ल्याइनु अलोकतान्त्रिक र असंसदीय कदम भएको ठहर गर्दै यसको घोर विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको छ। साथै, सरकारले सिफारिस गरेका सबै अध्यादेशहरू तत्काल फिर्ता लिन माग गर्दै राष्ट्रपतिसमक्ष ती अध्यादेशहरू स्वीकृत नगर्न आग्रह गर्ने निर्णय गरिएको छ। त्यस्तै, लामो समयदेखि स्थगित रहेको संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग जोडदार माग गरिएको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)
प्रतिकृया