फेरि पनि २७८० को जोन बाटै नेप्सेमा गिरावट, अब बजार तल कि माथि ?

फेरि पनि २७८० को जोन बाटै नेप्सेमा गिरावट, अब बजार तल कि माथि ?
Advertisement Ads

पछिल्ला दुई दिन लगातार बढेको नेप्से सूचक आज २४.९८ अङ्कले घटेर २७५०.८७ मा बन्द भएको छ। बजारले २८०० विन्दु आसपासको रेसिस्टेन्सलाई तोड्न संघर्ष गरिरहेको छ। आजको कारोबारमा नेप्से परिसूचकले २७९५.७८ सम्मको उच्चतम् बिन्दु बनाएतापनि विक्रेताहरुको हाबी हुँदा परिसूचक २७४७.६५ बिन्दुसम्म झरेको थियो। आजको कारोबारमा भोल्युम भने हिजोको तुलनामा बढेको देखिन्छ।

चार्टको अनुसार बजार तत्काल २७ सयको सपोर्ट जोन र २८ सयको रेसिस्टेन्स जोनको बीचमा रहेको छ। यदि आगामी कारोबारमा बजारले २८ सयको जोन ब्रेक आउट गरेको खण्डमा बजारले अप ट्रेन्ड लिने सम्भावना रहेको छ। तर, यदि बजारले २७ सयको सपोर्ट जोन ब्रेक गर्यो भने बजारमा थप गिरावट आउन सक्ने समभावना रहेको छ। तर, अहिले नै बजार प्राविधिक रूपमा कुन दिशामा जान्छ भनेर प्रष्ट रुपमा भन्न नसकिने अवस्थामा रहेको छ। यद्यपि, बजार २७ सय बिन्दु भन्दा माथि रहुन्जेलसम्म अपर ट्रेन्डकै समभावना अधिक रहेको छ।

index nepsealpha.com NEPSE Wed Dec 4 2024 मंसिर १९ 17 55 43 https://bajarkochirfar.com/once-again-the-decline-in-nepse-from-the-zone-of-2780-now-the-market-is-down-or-up | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स