ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्न लागेको छ। कम्पनीले प्रतिसेयर रु. १०० मूल्यको ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो सम्बन्धमा माघ १४ गते ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमा आयोजित विशेष कार्यक्रममा कम्पनीका अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
वि.सं. २०७६ पौष २ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेकको केन्द्रीय कार्यालय तिलोत्तमा १६, रुपन्देहीमा रहेको छ। कम्पनीले कृषि उत्पादनका फोहोर सामग्री जस्तै पराल, भुस, उखुको बगास, तोरीको पिना/भुस प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ।
साथै, बीउ उत्पादनका लागि गहुँ, जुनेलो, कोदो प्रयोग गरी सबै प्रकारका च्याउका बीउ उत्पादन र वितरण गर्दै आएको छ। कम्पनीले ताजा च्याउ बिक्रीका साथै ड्राई मसरुम र क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्य राखेको छ।
कम्पनीले च्याउसँगै मौसमी तरकारी उत्पादन, बजारीकरण र किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउँदै आएको छ। प्राङ्गारिक मल उत्पादन र बिक्री वितरण गर्ने योजना पनि अगाडि बढिरहेको छ। गोब्रे च्याउ उत्पादनका लागि आवश्यक कम्पोष्ट तथा कन्ये च्याउ उत्पादनको लागि मल तयार गरी नेपालभर किसान र व्यावसायिक कृषकलाई उपलब्ध गराउँदै आएको छ।
कम्पनीले नेपालमा नयाँ खालका च्याउको व्यावसायिक खेती गर्ने किसानलाई बीउ, सहायक सामग्री र उत्पादन परामर्श समेत प्रदान गर्दै आएको छ। यस कम्पनीमा कृषि विज्ञ, व्यवसायी, च्याउ विज्ञ, युवा उद्यमी, चार्टर्ड एकाउन्टेण्ट तथा अन्य प्रतिष्ठित पेशामा संलग्न व्यक्तिहरू कार्यरत छन्।












![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-768x432.jpg)




![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)


प्रतिकृया