ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो र अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १०० अंकित मूल्यमा ६० करोड रुपैयाँको ३० प्रतिशत सेयर, अर्थात् १८ लाख कित्ता जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये, १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

सर्वसाधारणका लागि आवेदनको म्याद फागुन २७ देखि चैत ३ सम्म हुनेछ, तर आवेदनको म्याद चैत १२ सम्म लम्बिन सक्छ। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले केयर रेटिङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्राप्त गरेको छ, जसका अनुसार कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम जोखिमको छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीको आईपीओ प्रक्रिया सि–आस्बा प्रणाली मार्फत अनलाइन आवेदन गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स