ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आइतबार (चैत ३ गते) बेलुका ५ बजेसम्म १९ लाख ८५ हजार ६६३ जना आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा १६.०२ गुणा बढी हो ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ जारी गरेको थियो। तर, बोर्डको नियमअनुसार न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा करिब १ लाख ४७ हजार ५०० जनाले मात्र सेयर पाउनेछन्। यसर्थ, करिब १८ लाख आवेदकको हात खाली हुनेछ। यसरी आइपीओ पाउने सम्भावना करिब ७.४३% मात्रै रहेको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया