ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ आगामी चैत १२ गते (मंगलबार) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले उक्त दिन बाँडफाँट गर्ने तयारी गरिरहेको छ, तर समय भने निर्धारण गर्न बाँकी रहेको जनाएको छ। यस आइपीओमा कुल १९ लाख ८५ हजार ६६३ जनाले आवेदन दिएका थिए, जसअनुसार २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको थियो। तर, सीमित कित्तामात्र उपलब्ध भएकाले १८ लाख ३८ हजार आवेदकको हात रित्तो हुनेछ।
कम्पनीले कुल ६० करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँ दरले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई, र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकिएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि दोस्रो चरणमा जारी गरिएको थियो। यसमा आवेदन दिएका लगानीकर्तामध्ये १ लाख ४७ हजार ६०० जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया