ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १२ गते
ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ
AdvertisementAds

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागुन ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो, फागुन ११ गते बाँडफाँड गरेको छ।

कम्पनीका अनुसार बिक्री अवधिभर ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएका थिए। तीमध्ये १८ हजार जनालाई १०–१० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको छ।

कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको कम्पनीले पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकेको छ। त्यसैगरी, ९० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५४ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको सबै सेयर अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कसरी हेर्ने आइपीओ नतिजा?

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:

  1. एनआइएमबि एस क्यापिटल लिमिटेड – nimbacecapital.com
  2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल – iporesult.cdsc.com.np

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स