चितवनस्थित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज (चैत्र १२) बिहान गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको हो।
कम्पनीले फागुन २७ देखि चैत्र ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको थियो। क्यापिटलका अनुसार यसमा २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १८ लाख ४८ हजार २९८ जनाको आवेदन मात्रै योग्य ठहर भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट १ लाख ४७ हजार ६ सय आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। बाँकी आवेदक भने हात खाली भएको छ।
नेपाल धितोपत्र बोर्डले माघ ३ गते आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको थियो।
कसरी हेर्ने आइपीओको नतिजा ?
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:
1.प्रभु क्यापिटल लिमिटेड –https://www.prabhucapital.com/
2.सीडीएससीको रिजल्ट पोर्टल – iporesult.cdsc.com.np
3.मेरो सेयर एकाउन्ट बाट –Mero Share
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया