मध्यपूर्वमा मिसाइल वर्षाले ओली बेचैन हुँदै भने, “नेपालीहरूको कोलाहल र छटपटीले निद्रा लागेन”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
मध्यपूर्वमा मिसाइल वर्षाले ओली बेचैन हुँदै भने, “नेपालीहरूको कोलाहल र छटपटीले निद्रा लागेन”

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वी देशहरूमा बर्सिएका मिसाइलका कारण आफू निदाउन नसकेको बताएका छन्। ओलीका अनुसार ती देशहरूमा नेपालीहरू पनि रहेकाले उनीहरूको सुरक्षा र चिन्ताले आफूलाई बेचैन बनाएको हो।

सामरिक घटनाक्रमअनुसार, अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरूप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। त्यसबाट कतार, बहराइन, युएई, कुवेत, इजरायल लगायतका देशहरूमा त्रासको वातावरण सिर्जना भएको थियो।

यस घटनाप्रति प्रतिक्रिया स्वरूप एमाले अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, “मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली अपत र कोलाहलमा छन्। तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।” उनले थप लेखेका छन्, “आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु। यसबेला हाम्रो सजगता, धैर्य र विवेक आवश्यक छ।”

ओलीले मध्यपूर्वी मुलुकहरू भूराजनीतिक तनावमा परेकाले यस्ता परिस्थितिको सामना गर्न बाध्य भएको बताए र भने, “ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने भयो।” उनले नेपालमा मिसाइलको धुवाँ नपरेकोमा सौभाग्य मान्दै कुनै पनि आवरणमा यस्तो खतरा नेपालमा नआओस् भन्दै प्रार्थना गरेका छन् ।

त्यसैगरी, उनले युएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन्। साथै, त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा तुरुन्त सक्रिय हुन अनुरोध समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स